शौर्य सिमेन्टको क्लिंकर भारत निर्यात गर्न थालियो
शौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले आफ्नो क्लिंकर उत्पादन छिमेकी राष्ट्र भारततर्फ निर्यात गर्न थालेको छ।
उद्योग परिसरमा पहिलो निर्यात गर्ने कार्यक्रमअन्तर्गत गत शनिबारदेखि क्लिंकर औपचारिक कार्यक्रममाझ शौर्य सिमेन्टका प्लाण्ट हेड गुरूदयाल सिंह तथा सहायक महाप्रबन्धक विकास खड्काले संयुक्त रूपमा निर्यातको सुरूवात गरे।
उदयपुरको चुनढुंगगाबाट उत्पादन गरिएको यस क्लिंकर तथा सिमेन्टमा न्यून एमजीओ तथा उच्चस्तरिय चुनढुंगा सम्मिश्रण रहेकाले भारतमा अवस्थित सिमेन्ट उद्योगमा सफल परीक्षणबाट स्वीकृति भई निर्यात गर्न सफल भएको उद्योगले जनाएको छ।
उद्योगले माघ २०७८ बाट व्यवसायिक उत्पादन सुरूआत गरेको हो। यस उद्योगको क्षमता ३००० मेट्रिकटन रहेको छ।
व्यवसायिक घराना शंकर गु्रप, गोल्छा गु्रप तथा अम्बे गु्रपको संयुक्त लगानीमा खोलिएको सिरहाको मिर्चैयामा अवस्थित यस उद्योगले ओपीसी (५३ ग्रेड,४३ ग्रेड) र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ।
प्रतिक्रिया