सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाकाे १ लाख २१ हजार नाघ्यो

साता कारोबारको दोस्रो दिन अर्थात सोमबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला आठ सयले बढेर एक लाख २१ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

आइतबार प्रतितोला १ लाख २० हजार ८ सयमा सुनको कारोबार भएको थियो । यस्तै आज तेजावी सुन एक लाख २१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार चाँदीको मूल्य भने प्रतितोला १५४५ रुपैयाँमा स्थिर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *