एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै

नेकपा (एकीकृत समाजवादी)काे सचिवालय बैठक आज बस्दैछ। आज बिहान ११ बजे ६९ औँ केन्द्रीय सचिवालय बैठक बस्न लागेको हाे।

बैठकमा राष्ट्रिय महाधिवेशनको तयारी, अपानी ११ लगायतका विषयमा छलफल हुने बताइएकाे छ। पार्टीले आगामी माघ महिनामा महाअधिवेशन आयोजना गर्ने तय गरेको थियो ।

सो समयमा राष्ट्रियसभाको निर्वाचन हुने भएकोले महाधिवेशन सर्ने भएको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

उनका अनुसार बैठकमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे रणनीति तय गरिने र अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल गरिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *