विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत पास 

विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत मात्र उत्तीर्ण  भएका छन् ।
मेडिकल काउन्सिलले आज सार्वजनिक गरेको नतिजामा ९४ जना उत्तीर्ण भएको निमित्त रजिष्ट्रार डा सुप्रभात श्रेष्ठले जानकारी दिए ।
काउन्सिलले गत शुक्रबार  विभिन्न २५ विधामा सञ्चालन गरेको २७औँ विशेष परीक्षामा एक सय ८३ जना परीक्षार्थी सहभागीमध्य ९४ जना अर्थात् ५१ दशमलव ३६ प्रतिशत उत्तीर्ण भएका हुन् । उनान्नब्बे जना अनुत्तीर्ण र परीक्षा दिन आउँदा प्रवेशपत्रमा तोकिएको अनुसारको परिचयपत्र लिई नआएका ६ जनाको नतिजा रोका भएको काउन्सिलले उल्लेख गरेको छ ।
यसअघि साउन १२ गते लिइएको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ४८ दशमलव ३३ प्रतिशत प्रतिशत सहभागी उत्तीर्ण भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *