विधानसभा चुनावमा चारमध्ये तीन राज्य जित्यो भाजपाले

भारतीय जनता पार्टी (भाजपा) ले राजस्थान, मध्य प्रदेश, तेलंगाना र छत्तीसगढमध्ये तीन राज्यमा जित हासिल गरेको छ।

राजस्थान, मध्य प्रदेश र छत्तीसगढमा भाजपाले फराकिलो जित निकालेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

मतगणना जारी रहेको तेलंगानामा भने कांग्रेससहितको गठबन्धन अगाडि छ।

यससँगै भाजपाले देशका १२ राज्यहरूमा आफ्नो सरकार बनाउनेछ।

राजस्थान र छत्तीसगढमा यसअघि कांग्रेसकाे सरकार थियाे। राजस्थान र छत्तीसगढ पराजयपछि दोस्रो ठूलो तथा प्रमुख विपक्षी राजनीतिक दल कांग्रेसको हातमा अब तीन राज्य मात्रै रहनेछ।

राजस्थान, मध्य प्रदेश, छत्तीसगढ, दक्षिणी तेलंगाना र उत्तरपूर्वी मिजोरम राज्यमा गत महिना प्रान्तीय निर्वाचनमा मतदान भएको थियो।

आइतबार बिहान पाँचमध्ये चार राज्यमा मतगणना भएको हो। मिजोरममा सोमबार मतगणना हुने अपेक्षा गरिएको छ। मतगणना जारी रहेको

पाँच राज्यको चुनावी नतिजाले मेमा हुने राष्ट्रिय चुनावअघि मतदाताको मूडलाई संकेत गर्ने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदी लगातार तेस्रो कार्यकालका लागि दाेहाेरिने प्रयासमा छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर