
राष्ट्रियसभा निर्वाचनको यस्तो छ कार्यतालिका

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। सरकारले माघ ११ गते निर्वाचन मिति घोषणा गरेपछि आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।
जसअनुसार पुस २३ गते उम्मेदवारको मनोनयन दर्ताका लागि समय तोकेको छ। बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मका लागि मनोनय दर्ता हुने आयोगले जनाएको छ।
मनोनयन दर्तापश्चात उम्मेदवारको विरोधमा उजुरी दिने कार्य पुष २४ गते हुने बताइएको छ।
मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी अन्तिम नामावली पुष २६ गते प्रकाशन हुनेछ। सोही दिन दिउँसो २ बजे अन्तिम नामावली प्रकाशन गर्ने काम हुने आयोगले जनाएको छ।
पुस २८ गते १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन चिह्न उपलब्ध गराउने आयोगले जनाएको छ।
माघ ११ गते बिहान ९ देखि ३ बजेसम्म मतदान हुने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया