तोलाकै १ लाख २० हजार रूपैयाँ नाघ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि हालसम्मकै उच्च

नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । साताको पहिलो कारोबार दिन आज (आइतबार) तोलामा १ हजार ८०० रूपैयाँले वृद्धि हुँदै सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २० हजार ८०० रूपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २० हजार २०० रूपैयाँ कायम भएको छ।

यसअघि सुनको मूल्यले गत बिहीबार उच्च बिन्दुको रेकर्ड राखेको थियो। त्यस दिन छापावाल सुन प्रतितोला १ लाख १९ हजार ३०० रूपैयाँ र तेजाबी सुन १ लाख १८ हजार ७५० रूपैयाँमा किनबेच भएको थियो।

शुक्रबार भने सुनको मूल्य बिहीबारको तुलनामा तोलामा ३०० रूपैयाँले घटेको थियो। अघिल्लो साताको अन्तिम कारोबार दिन, शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ४५० रूपैयाँमा किनबेच भएको थियो।

आइतबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ। तोलामा ५ रूपैयाँ बढेर आइतबार चाँदीको मूल्य १ हजार ५४५ रूपैयाँ पुगेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *