युद्धबिरामपछि इजरायलले गरेको आक्रमणमा १७८ जना मारिए

सात दिनको युद्धविरामपछि इजरायल र हमासबिच फेरि युद्ध सुरु भएको छ । गाजा क्षेत्रमा इजरायलले गरेको आक्रमणमा परी १७८ जना मारिएका छन् ।

गाजामा सात दिने युद्धविराम हिजो बिहान सकिएलगत्तै इजरायलले आक्रमण तीव्र पारेको थियो । इजरायल र हमास दुवैले एकअर्काका कारण युद्धविराम लम्ब्याउन नसकिएको आरोप लगाएका छन् ।

इजरायलले दक्षिणी गाजाका केही इलाकाका बासिन्दालाई इजिप्टको सिमाना नजिकै रहेको रफाहतर्फ जान र दक्षिणतर्फ जान आग्रह गर्दै पर्चाहरू छोडेको छ।

गएको अक्टोबर ७ तारिखदेखि सुरु भएको लडाइँ एक हप्ता रोकिएको थियो। युद्धविराम अवधिमा दुई पक्षले सहमतिअनुसार बन्धक बनाएका केही नागरिकलाई रिहा गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *