कोप–२८ सम्मेलनमा आज प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्दै

जलवायु परिवर्तनसम्बन्धी वार्षिक राष्ट्रसंघीय सम्मेलन (कोप–२८) लाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संबोधन गर्दै छन्। बिहीबारदेखि यूएईमा सुरु भएको सम्मेलनलाई प्रचण्डले आज संबोधन गर्न लागेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्ड हिजो र आज ‘विश्व जलवायु शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा सहभागी हुने पूर्वनिर्धारित कार्यक्रम थियो ।

प्रधानमन्त्रीले आज जलवायु परिवर्तनका प्रभावबारे नेपालको आवाज उठाउनाका साथै कोप वार्ता प्रक्रियामा पर्वतीय मुलुकका पेचिला विषयलाई प्रवर्द्धन गर्न ‘पर्वतको आह्वानः जलवायु संकटबाट हामीलाई कसले जोगाउँछ ?’ शीर्षकमा उच्चस्तरीय छलफल आयोजना गर्दै छन् ।

कोप–२८ धनी तथा विकसित मुलुकले नेपालजस्ता अतिकम विकसित राष्ट्रको विश्वास आर्जन गर्न कस्ता वाचा गर्नेछन् र त्यसका लागि कति प्रभावकारी जलवायु कूटनीति प्रदर्शन हुने हो त्यो अबका केही दिनमा देखिनेछ ।

संयुक्त अरब इमिरेट्सको दुबईमा भइरहेको कोप २८ को सम्मेलनमा विश्वका नेताहरु कार्वन उत्सर्जन कम गर्न सकिने उपायका बारे चिन्तन गर्नुका साथै कार्बन उत्सर्जनबाट पर्ने नकारात्मक प्रभावलाई न्यूनीकरण गर्ने उपायका बारेमा सैद्धान्तिक छलफल पनि गरिरहेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *