भूकम्प प्रभावित क्षेत्रमा आवास निर्माणका लागि खटिए नैनसिंह महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर भूकम्प प्रभावित क्षेत्रका पीडितहरूका लागि आवास निर्माणमा खटिएका छन्। बिहीबारदेखि महरसहितको टोलीले जाजरकोटको भेरी नगरपालिका–१ रावतगाउँका भूकम्प पीडितका लागि आवाज निर्माण सुरु गरेको छ।

टाेलीले रावतगाउँमा भूकम्पमा परी २ जना बालक छाेरा गुमाएका पूर्णबहादुर र उर्मिला रावतको घर निर्माण थालेकाे हाे। महरले यतिबेला रावत जस्तै भूकम्पपीडितका घाउमा थोरै भए पनि मलम लगाउन सकियोस् भनेर जाजकोटमा खटिएकाे बताए।

काठमाडौंबाट राहत सामग्रीसहित उनी बुधबार भूकम्पपीडितका टहरा निर्माणका लागि जाजरकोट पुगेका हुन्। एक साता जाजरकोटमा भूकम्पपीडितकै माझमा रहने छन् महरले बताए। जाजरकोटका विभिन्न विद्यालयमा पुगेर महरले बिहीबार चिसोले काँपिरहेका विद्यार्थीहरूलाई न्यानो लुगा समेत प्रदान गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *