संसदीय समितिमा उत्तरविधायिकी परीक्षणसम्बन्धी मस्यौदा प्रतिवेदनमाथि छलफल
विधायन व्यवस्थापन समितिको बैठकमा उत्तरविधायिकी परीक्षणसम्बन्धी मस्यौदा प्रतिवेदनमाथि छलफल भएको छ ।
शुक्रबार समिति सभाकक्ष सिंहदरबारमा बसेको राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा यसबारे छलफल भएको हो ।
बैठकमा समितिकी सभापति जयन्तीदेवी राईले अपूर्ण प्रतिवेदनमाथि छलफल गरेको संकेत गर्दै समितिको अर्को बैठकसम्म पूर्ण गर्ने जानकारी दिइन् ।
उनले प्रतिवेदनमाकाथि छलफलले आफूलाई झन् महत्त्वपूर्ण विषय महसुस भएको भन्दै प्रतिवेदनलाई पढ्न लायक बनाएर राष्ट्रियसभामा पेस गर्ने बताइन् ।
उनले भनिन्, ‘प्रतिवेदनलाई हामीले पूर्ण बनाउनुपर्छ । पूर्ण भएपछि पेस गर्न लायक बनाएर सदनमा लानुपर्छ । यो यति धेरै महत्त्वपूर्ण छ । अहिले छलफल गर्दा झन् अझ धेरै मलाई महत्त्वपूर्ण लाग्यो । अर्को बैठकमा हामी पूर्ण गरेर आउने छौं ।’
समिति सदस्य देवेन्द्र दाहालले उत्तरविधायिकी परीक्षण संसारकै ध्यान तान्ने विषय भएकाले यसलाई अन्तर्राष्ट्रिय रूपमा अध्ययन गर्न सकिने बताए । उनले यस विषयमा संसदीय समितिलाई अध्ययनका क्षेत्रहरू बनाएर अध्ययन गर्न सुझाव दिए ।
उनले भने, ‘संसारकै ध्यान खिच्ने विषय भएकाले यसलाई हामीले अन्तर्राष्ट्रिय रूपमा नै अध्ययन गर्न सकिन्छ । यसलाई औपचारिकतामा सीमित नराखेर नेपालमा कानुनी व्यवस्था के थियो, समस्याहरू के छन्, संसदीय समितिले अध्ययन गर्नुपर्छ ।’
प्रतिक्रिया