नक्कली प्रहरी सक्कलीको फन्दामा

पर्सामा घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको प्रहरी चौकी सिर्सियाको टोलीले बुधबार बाराको आदर्शकोतवाल गाउँपालिका-८, लक्ष्मीटोल बस्ने ४५ वर्षीय गोविन्द महतो कोइरीलाई पक्राउ गरेको हो।

उनी वीरगञ्ज महानगरपालिका-२३, सुगौली विर्ता केमिकल कम्पनी अगाडिबाट पक्राउ परेका हुन् ।

कोइरीले विगत ५/६ महिनादेखि आफू मधेस प्रदेश प्रहरी कार्यालयबाट खटिएको बारा, पर्सा र रौतहट जिल्लाको घुमुवा प्रहरी हुँ भन्दै वीरगञ्ज महानगरपालिका-२३, हरपतगञ्जका व्यापारीहरूसँग महिनावारी रकम उठाएको आरोप छ।

यससम्बन्धी सूचनापछि खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान तथा कारबाही भइरहेको डीएसपी कुमारविक्रम थापाले जानकारी दिए ।

प्रतिक्रिया

One thought on “नक्कली प्रहरी सक्कलीको फन्दामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *