राष्ट्रियसभा निर्वाचनको कार्यतालिका स्वीकृत, दल दर्ता मंसिर २४ देखि २९ सम्म 

राष्ट्रियसभामा रिक्त हुने पदका लागि आगामी माघ ११ गते हुने  निर्वाचनको कार्यतालिका स्वीकृत भएको छ । निर्वाचन आयोगले बिहीबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो ।

स्वीकृत कार्यतालिकाअनुसार निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि मंसिर २२ गते सूचना प्रकाशन गरिने छ।

मंसिर २४ गतेदेखि २९ गतेसम्म राजनीतिक दल दर्ता गर्ने कार्यक्रम छ। पुस १ गते राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरी स्वीकृत दलको नामावली पुस ४ गते नेपाल राजपत्रमा प्रकाशनका लागि पठाइने छ।

पुस १६ गते निर्वाचन अधिकृत नियुक्त गर्ने र सातवटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम छ।

पुस २० गतेदेखि पुस २९ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन गरिने आयोगले जनाएको छ। आयोगले उम्मेदवारको मनोनयनका लागि मिति तोकिसकेको छैन।

साथै माघ ११ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान गर्ने समय आयोगले तोकिसकेको छ। माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन हुँदै छ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित भएका एक र १९ जना निर्वाचित सदस्यको फागुन २० गते पदावधि सकिँदै छ। उक्त पद रिक्त हुनु ३५ दिन अघि नै निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर