एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ’ पदयात्रा : आज डोटीको सिलगढीमा सभा

नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा’ अन्तर्गत आज डोटीको सिलगढीमा सभा हुँदैछ।

अभियानको दोस्रो दिन एमालेले सिलगढीमा सभा गर्ने पूर्वनिर्धारित कार्ययोजना छ। बिहीबार वैतडीको झुलाघाटमा अध्यक्ष केपी शर्मा ओलीले झन्डा फहराएर अभियानको उद्घाटन गरेका थिए । पहिलो दिनको सभा बैतडीको गोठालापानीमा गरिएको थियो।

तेस्रो दिनको सभा मंगलसेनमा हुने एमालेले जनाएको छ।

एमालेले पाँचथरको चिवाभञ्ज्याङसम्मको यात्रा सुरु गरेको हो। उसले लोकमार्ग केन्द्रित अभियानलाई ‘समृद्धिका लागि समृद्धिको यात्रा’ नारा दिएको छ। नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान अन्तर्गत आज दिपायलको सिलगढीमा सभा हुँदैछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *