
८० हजार रूपैयाँ घुससहित पक्राउ परे बूढानीलकण्ठ नगरपालिकाका सब-इन्जिनियर

काठमाडौंकौ बूढानीलकण्ठ नगरपालिकामा कार्यरत सब-इन्जिनियर टीकाराज राई ८० हजार रूपैयाँ घुससहित पक्राउ परेका छन्।
उनले घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराएबापत सेवाग्राहीसँग उक्त घुस लिएको आरोप छ।
यससम्बन्धी सूचनाका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनलाई बूढानीलकण्ठ-७ बाट बिहीबार नियन्त्रणमा लिएको हो।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया