रूसी सेनामा नेपालीको आबद्धताबारे अध्ययन गर्न सरकारले बनायो समिति

युक्रेनसँग युद्धरत मुलुक रूसको सेनामा नेपालीको आबद्धताबारे अध्ययन गर्न सरकारले समिति बनाएको छ ।

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले मन्त्रालयका उपसचिव दीपक ढकालको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको हो ।

केही दिनअघि रूस-युक्रेन युद्धमा तीन जना नेपाली नागरिकको मृत्यु भएको सावर्जनिक भएको थियो ।

मन्त्रालयका एक अधिकारीका अनुसार रूसी सेनामा नेपाली नागरिकको संलग्नताबारे अध्ययन गरेर सुझावसहितको प्रतिवदेन पेस गर्ने गरी समिति बनाइएको हो ।

समितिलाई अध्ययन गरेर सुझावसहितको प्रतिवेदन पेस गर्न १५ दिनको समय दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *