नेपालको हवाई उडानलाई कालोसूचीबाट ईयूले अझै हटाउन मानेन
१४ मंसिर २०८० १८:५०
नेपाल सरकारले पटक-पटक प्रयास गरे पनि नेपाल युरोपियन युनियनको उडानसम्बन्धी कालोसूचीबाट हट्न सकेन। युरोपियन कमिसनको मोभिलिटी एण्ड ट्रान्सपोर्ट डिभिजनले नेपाली वायुसेवा कम्पनीलाई कालोसूचीबाट हटाउन नमानेको हो ।
युनियनले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपाली वायुसेवा कम्पनीलाई युरोपेली मुलुकको आकाश प्रयोगमा लागेको प्रतिबन्धलाई निरन्तरता दिएको छ ।
युरोपियन कमिसनको टोलीले नेपालको उड्डयन सुरक्षाका विषयमा नेपाल आएर फर्किएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले कालोसूचीबाट हटाउन आग्रह गरेका थिए। अधिकारीले सकरात्मक प्रगति भएको बताएका थिए ।
युरोपेली आयोगले ‘युरोपेली युनियन (ईयू) हवाई सुरक्षा सूची’ अद्यावधिक गर्दै नेपाली वायुसेवालाई त्यहाँको आकाशमा उडान गर्न कालोसूचीमा राखेको थियो ।
प्रतिक्रिया