नेप्से दोहोरो अंकले घट्दा कारोबार रकम भने बढ्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव शून्य छ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५८ दशमलव ५३ मा सीमित भएको छ ।

बिहीबार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।

गत कारोबार दिन १ अर्ब १ करोड ४१ लाख ९५ हजार ५७५ रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर १ अर्ब ३२ करोड ३५ लाख १९ हजार ३५७ रूपैयाँ पुगेको छ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ८० अङ्कले ओरालो लागेर तीन सय ५६ दशमलव शून्य आठमा सीमित भएको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये आज एक उपसमूहको शेयर मूल्यमा सामान्य वृद्धि हुँदा १२ उपसमूहको शेयर मूल्यमा भने गिरावट भएको छ ।

कुल ४५ लाख ९५ हजार पाँच सय ५३ कित्ता सेयर एक अर्ब ३२ करोड ३५ लाख १९ हजार तीन सय ५७ रूपैयाँ मूल्यमा कारोबार भएको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर शीर्ष स्थानमा छ । सो कम्पनीको ११ करोड ६७ लाख १२ हजार तीन सय रूपैयाँ बराबरको कारोबार भयो । सोनापुर मिनरल्स आठ करोड ४९ हजार चार सय एक रूपैयाँ, युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर पाँच करोड १९ लाख ४९ हजार एक सय ३१ रूपैयाँ, सोल्टी होटल चार करोड ३९ लाख ७० हजार दुई सय दुई रूपैयाँ र रिलायवल नेपाल लाइफ इन्स्योरेन्स तीन करोड २६ लाख ३९ हजार तीन सय ९४ रूपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार रूरू जलविद्युत् परियोजना पाँच दशमलव ६३, एनआईबीएल प्रगति फण्ड तीन दशमलव ८७, लक्ष्मी भ्याल्यू फण्ड दोस्रो तीन दशमलव ५२, एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड तीन दशमलव ४१ र छिमेक लघुवित्तका लगानीकर्ताले तीन दशमलव ४१ प्रतिशतले कमाएका छन् ।

यस्तै विजय लघुवित्त, माउण्टेन इनर्जी र युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतले गिरावट भई नकारात्म्क सर्किट लागेको छ । यस्तै सिटिजन म्युचुअल फण्ड दोस्रो आठ दशमलव ८८ र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव ६७ प्रतिशतले गुमाएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *