विपिन जोशीलाई तत्काल रिहा गर्न संसदीय समितिको आग्रह

प्रतिनिधिसभाअन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले विपिन जोशीको बिनाशर्त अविलम्ब रिहाइका लागि हमासलगायत अन्तर्राष्ट्रिय सरोकारवाला समुदायलाई आग्रह गरेको छ ।

बिहीबार बसेको समितिको बैठकले बिनाशर्त विपिनको रिहाइका लागि विज्ञप्तिमार्फत आग्रह गर्ने निणर्य गरेको सभापति राजकिशोर यादवले बताए ।

उनले भने, ‘विपिन जोशीको बिनाशर्त अविलम्ब रिहाइका लागि हमासलगायत अन्तर्राष्ट्रिय शक्तिहरूसँग आग्रह गरेका छौं । नेपाल कुनै पनि पक्षधरता देश नरहेको र हामी जहिल्यै पनि शान्तिको वकालत गर्ने भएकाले हाम्रो नागरिकलाई कुनै पनि कारणबिना यसरी बन्धक बनाइनु हुँदैन भन्ने हाम्रो मान्यता हो ।’

त्यस्तै समितिको आगामी ६ महिनाका लागि समितिको भावी कार्ययोजना र कार्य प्राथमिकीकरण बनाउन कार्यदल गठन गरेको छ । समिति सभापति यादवको संयोजकत्वमा गठित नौ सदस्यीय कार्यलदले समितिको आगामी कार्ययोजना निर्माण र प्राथमिकीकरण गर्ने यादवले जनाकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर