पर्यटकीय क्षेत्र पहिचान र अवलोकनका लागि पर्यटनकर्मीको टोली धनकुटामा

धनकुटा नगरका पर्यटकीय क्षेत्रहरूको पहिचान र अवलोकनका लागि विभिन्न क्षेत्रका पर्यटनकर्मीहरूको टोली धनकुटा पुगेको छ ।

पर्यटकीय क्षेत्रहरूको पहिचान, अवलोकन र प्रचारप्रसारका लागि पर्यटनकर्मी तथा पर्यटन व्यवसायीहरूको १५ सदस्यीय टोली बिहीबार धनकुटा पुगेको हो ।

धनकुटा नगरपालिका, इसिमोड, कम्युनिटी होमस्टे नेटवर्क, स्मार्ट पानी र हुसाडेक नेपालको सहकार्यमा पर्यटन प्रवर्द्धनका लागि उनीहरू धनकुटा पुगेका हुन् ।

टोलीलाई धनकुटा नगरपालिकाले कार्यक्रम आयोजना गरी स्वागत गरेको छ । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, उपप्रमुख भीमादेवी खनाल, आर्थिक विकास अधिकृत विकास अधिकारीलगायतले फूलमाला लगाएर उनीहरूलाई स्वागत गरे ।

नगर प्रमुख तामाङले धनकुटा नगरमा पर्यटन प्रवर्द्धनका लागि नगरपालिकाले निरन्तर प्रयास गरिरहेको बताए । पर्यटनकर्मीहरूको टोलीलाई स्वागत गर्दै उनले त्यहाँका पर्यटकीय क्षेत्रहरूलाई आ-आफ्नो क्षेत्रबाट प्रचारप्रसार गरेर सहयोग गर्न पनि आग्रह गरे ।

कार्यक्रममा पर्यटनकर्मी अनु लामाले पर्यटकीय हिसाबले धनकुटा महत्त्वपूर्ण क्षेत्र रहेकाले त्यहाँको पर्यटन प्रवर्द्धनमा भूमिका निर्वाह गर्ने धारणा राखिन् ।

देशका विभिन्न क्षेत्रमा रहेर पर्यटन प्रवर्द्धनको काम गर्दै आएका लेखक, भ्लगर, ट्राभल एजेन्सीकर्मी, टुरिस्ट गाइडलगायत टोलीमा सहभागी छन् ।

पाँच दिनसम्म धनकुटामा रहने उनीहरूले त्यहाँका पर्यटकीय क्षेत्रहरू, होमस्टे व्यवसाय, आठपहरिया जातिको संस्कृतिलगायत अवलोकन गरेर प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनमा भूमिका निर्वाह गर्ने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *