८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेर फरार प्रतिवादी ७ वर्षपछि पक्राउ

भोजपुरमा ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेर फरार रहेका एक प्रतिवादी ७ वर्षपछि पक्राउ परेका छन्।

भोजपुरको रामप्रसाद राई गाउँपालिका-१, बैकुण्ठेका २६ वर्षीय सुन्दर राई बुधबार पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार उनलाई सोही वडाको ओख्रेबाट पक्राउ गरिएको हो।

उनले २०७३ असोज १९ मा बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ।

अदालतले उनलाई जबरजस्ती करणी मुद्दामा २०७९ माघ १८ गते ५ वर्ष कैद सजायको फैसला सुनाएको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *