एनसेलबाट बाहिरियो आजियाटा

मलेसियन कम्पनी आजियाटा एनसेलबाट बाहिरिने भएको छ।

एनसेलबाट बाहिरिने उद्देश्यका साथ आजियाटाले यसको सम्पत्ति बिक्रीमा राखेको बुधबार विज्ञप्ति जारी गरेर जनाएको हो।

हाल एनसेलमा नेपाली साझेदारहरू सतिशलाल आचार्य र सचिनलाल आचार्यको २० प्रतिशत शेयर छ।

एनसेलको सम्पत्ति बिक्रीमा राखिएकाले आजियाटालाई १ अर्ब ३० करोड मलेसियन रिंगिट खुद घाटा रहेको विज्ञप्तिमा उल्लेख छ।

एनसेलको शेयर ७ वर्ष अगाडि आजियाटाले किनेको थियो। आजियाटालाई स्विडेनको टेलिया सोनेराले शेयर बेचेको थियो।

सुरूका वर्षहरूमा आक्रामक मुनाफा आर्जन गरे पनि पछिल्लो समय एनसेलको आम्दानी घट्दै जान थालेपछि आजियाटा यसबाट बाहिरिने निर्णयमा पुुगेका हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *