हमासको नियन्त्रणमा रहेका विपिनकाे रिहाइका लागि कतार जाँदै परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने भएका छन्। इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपिन जोशीको रिहाइको पहलका लागि उनी मंसिर २३ मा कतार जाने भएका हुन्।

कतारले इजरायल-हमासबीच बन्धक रिहाइ र युद्धिवरामका लागि मध्यस्तकर्ताकाे भूमिका निभाइरहेकाे छ।

यसअघि मंसिर ८ गते परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए।

जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए।

त्यसअघि मंसिर ७ गते उनले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए।

परराष्ट्रमन्त्री साउदले आज (बुधबार) गृहजिल्ला कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा विपिन जोशीका बुवाआमासँग पनि भेट गरेका छन्।

कतार बसाइँका क्रममा उनी दोहा २१ औं फोरममा पनि सहभागी हुने छन्। डिसेम्बर १० देखि सुरू हुने कार्यक्रम दुई दिनसम्म चल्ने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *