आफन्तको विवाहमा गएका युवकको कुटपिटबाट मृत्यु, ७ जना पक्राउ

कैलालीको घोडाघोडी नगरपालिका-२ का २६ वर्षीय मोहन अधिकारीको कुटपिटबाट गएराति मृत्यु भएको छ । कुटपिटमा संलग्न रहेको अभियोगमा लम्कीचुहा नगरपालिका-९, घोराघाट बस्ने २३ वर्षीय विवेक भुलसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लम्कीचुहा नगरपालिका-९, घोराघाटस्थित आफन्तको विवाहमा आएका मोहनलाई विवेकलगायतका व्यक्तिहरूले कुटपिट गर्दा गम्भीर घाइते उनी गम्भीर घाइते भएका थिए । उपचारका लागि लालरत्न अस्पताल हुँदै टीकापुर अस्पताल लगिएकोमा थप उपचारका क्रममा उनको मृत्यु भएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *