प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सिंहदबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको सो भेटमा उनीहरूबीच समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

सो अवसरमा उनीहरूबीच अहिले विभिन्न समूहले गरिरहेको प्रदर्शनबारे पनि कुराकानी भएको थियो । सो क्रममा अध्यक्ष ओलीले पुनःनिर्माण गरिएको सिंहदरबारको पश्चिम भेगको ग्यालरीको अवलोकन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *