आज हुन सक्छ उत्तरकाशीमा १७ दिनदेखि सुरूङमा फसेका ४१ मजदुरकाे उद्धार

उत्तरकाशीको निर्माणाधीन सुरूङमा १७ दिनदेखि फसेका ४१ ज्ना मजदुरको सम्भवतः आज उद्धार हुने भएको छ। उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले यसको जानकारी दिएका छन्। धामी केही समयअघि सुरूङस्थल पुगेका थिए।

अहिले सुरूङबाहिर एम्बुलेन्स, स्ट्रेचर र डाक्टर तयारी अवस्थामा छन्।

मजदुरहरूलाई बाहिर निकाल्नेबित्तिकै चिकित्सकको निगरानीमा राखिनेछ।

मजदुरहरूलाई बाहिर निकाल्न सुरूङमा पाइप बिछ्याइएको छ । सुरूङबाहिर मजदुरहरूका परिवार उद्धारको व्यग्र प्रतीक्षामा छन्।

सुरूङ निर्माणका क्रममा पहिरो खसेपछि यी मजदुरहरू गत नोभेम्बर १२ देखि सुरूङभित्रै फसेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *