राष्ट्रियसभा सांसद महराको धनमाल चोरी

काठमाडौँ महानगरपालिका घट्टेकुलोबाट राष्ट्रियसभाका सांसद महेशकुमार महराको केही धनमाल चोरी भएको छ । आज बिहान घट्टेकुलोस्थित पसलको सटर खोल्ने क्रममा उनकी पत्नीले पसलअगाडि राखेको सुनको सिक्री, मोबाइलसहितको झोला अपरिचत व्यक्तिले चोरी गरी लगेको सांसद महराले बताए ।

‘पत्नीले पसलको एउटा सटर खोलेर अर्को सटर खोल्ने क्रममा भुइँमा राखेको उक्त झोला अपरिचित व्यक्तिले तत्कालै उठाएर भागेको थियो,’ उनले भने ।

घटनाका बारेमा प्रहरीले सीसीटीभी फुटेजका आधारमा अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *