‘बसाइँसराइको समस्या समाधानमा तीनै तहका सरकार लाग्नुपर्छ, नभए समस्या थप जटिल बन्छ’

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा भइरहेको बसाइँसराइको समस्यालाई व्यवस्थित गर्न तीनै तहका सरकारले सामूहिक प्रयास गर्नुपर्नेमा जोड दिएका छन् । यसो नगरे समस्या थप जटिल बन्दै जाने उनले बताए ।

मंगलबार जनसंख्या र आप्रवासन व्यवस्थापन सुदृढ गर्न काठमाडौंमा आयोजित राष्ट्रिय संवाद कार्यक्रममा उनले पन्ध्रौं योजना र राष्ट्रिय जनसंख्या नीति, २०७२ मा बसाइँसराइलाई यथोचित रूपमा सम्बोधन गर्ने भनिए पनि समस्याको समाधान गर्न नसकिएको भन्दै उनले तीनै तहका सरकारले समस्या समाधान गर्न पहल गर्न आवश्यक भएको बताए ।

उनले भने, ‘बसाइँसराइमा देखिएका समस्या र चुनौतीलाई सामूहिक रूपमा समाधान नगर्ने हो भने समस्या थप जटिल हुने देखिन्छ । पन्ध्रौं योजना र राष्ट्रिय जनसंख्या नीति, २०७२ मा बसाइँसराइलाई सम्बोधन गर्ने प्रयास गरिए पनि समस्याको प्रभावकारी समाधान गर्न सकिएको छैन । संघीय, प्रादेशिक र स्थानीय गरी तिनै तहका सरकारहरू सजग हुन आवश्यक छ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *