कोरिया भाषा परिक्षामा ४ हजार ९८ जना उर्तीण

कोरिया भाषा परिक्षा (ईपीएस) परिक्षामा ४ हजार ९८ परीक्षार्थी उत्तीर्ण भएका छन्। वैदेशिक रोजगारीका लागि कोरिया जान चाहनेहरुका लागि यो परिक्षा लिने गरिन्छ ।

३५ हजार ४७८ मध्ये ३२ हजार ५०७ परीक्षार्थी परीक्षामा सहभागी भएकोमा ४ हजार ९८ जना पास भएका ईपीएस कोरिया शाखाले जनाएको छ।

सोमबार सूचना प्रकाशित गरी ईपीएस कोरिया शाखाले असोज १ गतेदेखि मंसिर ७ गतेसम्म सम्पन्न भएको सिपबुइल्डिङ क्षेत्रतर्फको पहिलो चरणको कोरियन भाषा परीक्षाको नतिजा आज ९मंसिर ११ गते० प्रकाशन भएको जनाएको छ।

पास भएका ४ हजार ९८ जनामध्ये ३ हजार ९०१ जना पुरुष र १९७ जना महिला छन्।

परीक्षामा ३३ हजार २०१ पुरुष र २ हजार २७७ जना महिला सहभागी थिए।

पहिलो चरणको कोरियन भाषा परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरुको दोस्रो चरणको स्किल टेस्ट एण्ड कम्पिटेन्सी टेस्टको परीक्षा हुनेछ। सो परीक्षामा उत्तीर्ण भएपछि मात्रै अन्तिम नामावली प्रकाशित हुने ईपीएस शाखाले जनाएको छ।

नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया श्रम तथा रोजगार मन्त्रालयबीच सम्पन्न समझदारी पत्र अन्तर्गत कोरियामा नेपाली कामदार पठाउन उम्मेदवार छनौटका लागि एचआरडी सर्भिस अफ कोरियाले सो परीक्षा लिएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर