हमासद्वारा थप १३ जना बन्धक रिहा, विपीनको अवस्था के छ ?

हमासले युद्धविरामको तेस्रो दिन इजरायलका थप १३ जना बन्धकलाई रिहा गरेको छ। हमासले बन्धकको तेस्रो समूह रेडक्रसलाई बुझाएको हो।

आइतबार विज्ञप्ति जारी गरी गाजास्थित हमासको अल–कासम ब्रिगेड्सले इजरायली र विदेशी बन्धकको तेस्रो समूह रेडक्रसलाई बुझाएको जानकारी दिएको छ।

अस्थायी युद्धविरामको लागि मध्यस्थता गरेको कतारले तेस्रो समूहमा सात विदेशी नागरिक समेत १३ जना रिहा हुने बताएको थियो।

यसअघि इजरायली डिफेन्स फोर्सेज (आइडीएफ) ले एक्समार्फत दिएको जानकारीमा बन्धकको दोस्रो समूहका १७ जनालाई रेडक्रसको जिम्मा लगाएको पुष्टि गरेको थियो ।

दुबै पक्षबीच जारी युद्ध विरामको आज चौथो दिन हो। आज पनि दुबै पक्षले बन्धक बनाइएकालाई रिहा गर्ने बताइएको छ।

नेपालका विपीन जोशीलाई भने हमासले अहिलेसम्म नियन्त्रणमुक्त गरेको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर