बाेरामा हातखुट्टा बाँधेर फालिएकाे अवस्थामा भेटिएका दुई जनाको शव अझै पहिचान हुन सकेन

भरतपुर महानगरपालिका-१२, मिलनचोकमा मृत भेटिएका दुई व्यक्तिको शवको अझै पहिचान हुन सकेको छैन । यही मङ्सिर ६ गते बुधबार दिनको १२ बजे मिलनचोकस्थित पूर्व-पश्चिम लोकमार्ग सडक खण्डको कल्भटमुनि शङ्कास्पद रूपमा एक महिला र एक पुरूषको शव भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार ७७ वटै जिल्लालगायत सीमावर्ती भारतीय जिल्लामा समेत हुलिया परिपत्र गर्दा मृतकको सनाखत हुन नसकेको हो ।

सनाखत हुन नसकेका शव कल्भटमुनि दुईवटा बोरामा हातखुट्टा बाँधिएको अवस्थामा भेटिएको थियो । शव पोस्टमाटमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर