प्यालेस्टाइनका श्रममन्त्री भन्छन- इजरायलसँग द्वन्द्वपछि बेरोजगारी दर ७० प्रतिशत पुग्यो

हमास-इजरायलबीचको रक्तपातपूर्ण द्वन्द्वका कारण प्यालेस्टिनीमा बेरोजगारी दर ह्वात्तै बढेर ७० प्रतिशत पुगेको प्यालेस्टिनी श्रममन्त्रीले बिहीबार बताएएका छन् ।

विदेशमन्त्री नसरी अबु जैशले एक प्रेस विज्ञप्ति जारी गरी भने, ‘हामीले दशौं हजार भवन र आवासीय एकाइहरूमा लगातार हिंस्रक बम विष्फोटको परिणामस्वरूप हजारौं कार्यबल र रोजगारदाताहरू गुमायौं । हाल ३६ लाखभन्दा बढी प्यालेस्टिनी कामदारहरू बेरोजगार भएका छन्, जसमध्ये ठूलो हिस्सा घरबारविहीन छन् ।’

उनले थपे, ‘यसबाहेक इजरायलले गाजाबाट चार हजार कामदारहरूलाई गिरफ्तार ग¥यो, हजारौं कामदारहरूलाई बर्खास्त ग¥यो र धेरैलाई थुनामा र अनुसन्धानको अधीनमा पारेपछि अन्य धेरैलाई वेस्ट बैंकमा निष्कासित गरेको थियो ।’

अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको एक्कासी आक्रमणको बदलास्वरूप इजरायलले तत्काल गाजामा व्यापक हवाई तथा स्थल आक्रमण थालेको थियो । इजरायलले प्यालेस्टिनी तटीय क्षेत्रमा कडा नाकाबन्दी लगाएको छ भने गाजामा बिजुली, पानी र खाद्यान्नको आपूर्ति बन्द गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर