
उपरथी अशोक सिग्देल रथीमा बढुवा सिफारिस


फाइल तस्बिर ।
नेपाली सेनाका उपरथी अशोक सिग्देल रथीमा बढुवा सिफारिस भएका छन्।
सैनिक मुख्यालय जंगी अड्डामा शुक्रबार बसेको सेनाको बढुवा समितिको बैठकले सिग्देललाई रिक्त रथी पदमा बढुवाका लागि सिफारिस गरेको हो।
रथी सीताराम खड्काको अध्यक्षतामा गठित बढुवा समितिले उपरथी सिग्देलको बढुवा सिफारिस गरेको हो।
बलाधिकृत रथी सरोजप्रताप राणाले अवकास पाएपछि उनको ठाउँमा सिग्देललाई बढुवा सिफारिस गरिएको हो।
सेनामा रथीको दरबन्दी कात्तिक ११ देखि रिक्त छ। प्रधानसेनापति प्रभुराम शर्मा नेतृत्वमा आएपछि सेनामा पहिलो पटक रथीको दरबन्दी रिक्त भएको हो।
प्रतिक्रिया