आपत्तिजनक अभिब्यक्ति दिने दुर्गा प्रसाईँका समर्थक पक्राउ

दुर्गा प्रसाईंको हिजो भएको प्रदर्शनमा अराजक अभिव्यक्ति दिएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का सहित ५ जना छन् । खड्का काठमाडौँको फुटुङबाट पक्राउ परेका हुन् ।

सुन्धाराबाट १ जना र थापाथलीबाट ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । पक्राउ पर्नेमा मुनेन्द्र राजभण्डारी, सतिष न्यौपाने, अनुप शाही, आवास खड्का छन् । उनीहरुलाई सिंहदरबार बृत्त लगिएको जनाइएको छ ।

को कहाँबाट पक्राउ परे ?

१. राेयल टाइगर फाेर्सका अध्यक्ष मुनेन्द्र राजभण्डारीलाई असनबाट

२. वीर गोर्खाली (एटीएफ) को अभियान प्रबन्धक सतिस राजाबादीलाई थापाथलीबाट

३. शाही युवा शक्तिका अध्यक्ष पशुपती खडकालाई फुटुंङबाट

४. वीर गोर्खाली (एटीएफ) का सदस्य आभास खड्कालाई थापाथलीबाट

५. वीर गोर्खाली (एटीएफ) का सदस्य अनुप बिक्रम शाहीलाई थापाथलीबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *