सुन्तला अड्किएर तीन वर्षीय बालकको मृत्यु

गुल्मीमा सुन्तला खाँदा अड्किएर तीन वर्षीय बालकको मृत्यु भएको छ ।

जिल्लाको मालिका गाउँपालिका-५, छापहिलेको छाप राङ्लाका आयुष ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए ।

मालिका गाउँपालिकाको छापराङ्ला स्थायी घर भएका कमल ठकुरीकी श्रीमती कोपिला छोरासँगै तम्घास मिलनचोक भाडाको कोठामा बस्दै आएकी थिइन् ।

आज दिउँसो साढे १ बजे आमाछोरा घरको छतमा बसेर सुन्तला खाने क्रममा छोरा आयुषको घाँटीमा दुई केस्रा सुन्तला अड्किएको र श्वास फेर्न गाह्रो भएपछि उनलाई उपचारका लागि गुल्मी अस्पताल लगिएको थियो ।

अस्पताल पुर्‍याएको एक घण्टापछि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर