आईएमई बन्यो सबैभन्दा धेरै कर तिर्ने रेमिट्यान्स कम्पनी 

आईएमई  लिमिटेड सबैभन्दा बढी आयकर तिर्ने रेमट्यिान्स कम्पनीको रूपमा सम्मानित भएको छ ।

राष्ट्रिय कर दिवस-२०८० का अवसरमा बिहीबार काठमाडौंमा आन्तरिक राजश्व विभागद्वारा आयोजित विशेष समारोहमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आईएमई लिमिटेडका संस्थापक तथा सञ्चालक हेमराज ढकाललाई सम्मान प्रदान गरे ।

आर्थिक वर्ष २०७८/०७९ मा विभिन्न १६ विधामा सर्वाधिक आयकर तिर्ने कम्पनीहरूमध्ये  रेमिटयान्सतर्फ आईएमई लिमिटेडले सबैभन्दा बढी आयकर बुझाएको थियो ।

सन् २००१ मा स्थापित आईमईले नेपालको समग्र रेमिट्यानस क्षेत्रलाई संस्थागत तुल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ । आईएमईलाई बैकिङ सञ्जालमार्फत विदेशी मुद्रा नेपाल भित्र्याएर औपचारिक अर्थतन्त्रको विकासमा उल्लेख्य योगदान गरेको मुख्य श्रेय जान्छ । यसैको सम्मानस्वरूप विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सम्मानहरूबाट आइएमई सम्मानित हुँदै आएको छ ।

साधारण शेयर निष्कासन गर्ने तयारी गरिरहेको आईएमई सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रूपमा यसभन्दा अघि पनि पटक-पटक सम्मानित भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *