काठमाडाैंकाे सुरक्षा व्यवस्था बिहानैदेखि कडा, ड्रोनबाट निगरानी

काठमाडाैं उपत्यकाको सुरक्षा अवस्था बिहानै देखि कडा पारिएकाे छ। बिहान साढे दश बजेबाट हुने भनिएका दुई समूहका प्रदर्शनका कार्यक्रममा अप्रिय घटना हुन नदिन सुरक्षा निकायले आफ्ना सबै संयन्त्रलाई सडकमा परिचालन गरिसकेको हाे।

आज (बिहीबार) मेडिकल व्यवसायी दुर्गा प्रसाईँ र प्रमुख प्रतिपक्ष दल आबद्ध नेकपा एमाले आबद्ध २३ सङ्गठनहरूले प्रदर्शनका कार्यक्रम राखेका छन्। यी दुई समूहबिच हुनसक्ने सम्भावित घटनालाई नियन्त्रण गरी सुरक्षा दिन सुरक्षा निकायले सडकमा आफ्नो दरो उपस्थिति रहेको जानकारी दिएको छ।

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी भुपेन्द्र बहादुर खत्रीले सडकमा स्ट्राइकिङ फोर्स, रिजर्भ टोली, मोबाइल टोली तम्तयार अवस्थामा राखेको जानकारी दिए।  एसएसपी खत्रीका अनुसार दुवै समूहका कार्यक्रमहरू ड्रोन र सिसि क्यामेराबाट पनि निगरानी गरिने भएकाे छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *