
राष्ट्रियसभा निर्वाचनमा फेरियो मतदाताको मतभार, कसको कति ?

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिने मतदाताहरूको मतभार परिवर्तन गरेको छ ।
आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिने प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षको नयाँ मतभार कायम गरेको हो ।
निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बुधबार बसेको आयोगको बैठकले मतभार परिवर्तन गरेको हो ।
परिवर्तित नयाँ मतभारअनुसार प्रदेशसभा सदस्यको मतभार ५३ कायम भएको छ । यसअघि प्रदेशसभा सदस्यको मतभार ४८ थियो ।
त्यस्तै स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षको मतभार १९ कायम भएको छ। यसअघि सो मतभार १८ थियो ।
राष्ट्रिय जनगणना, २०७८ सम्पन्न भई जनगणनाको प्रतिवेदनसमेत सार्वजनिक भएकाले सो प्रयोजनका लागि उक्त ऐनबमोजिम राष्ट्रिय तथ्यांक कार्यालयको सिफारिसका आधारमा मतभार फेरिएको आयोगले जनाएको छ ।
प्रतिक्रिया