राष्ट्रपति र प्रधानमन्त्री निवाससहित यी क्षेत्रमा पनि निषेधाज्ञा

काठमाडौं प्रशासनले राष्ट्रपति कार्यालय शितलनिवास र प्रधानमन्त्री निवास बालुवाटार लगायतका क्षेत्रमा पनि निशेधाज्ञा जारी गरेको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) अनुसार, सो निषेधित क्षेत्रमा ३० दिनसम्म ५ जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउन, अनशन सभालगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाइने आज जारी निषेधाज्ञामा उल्लेख छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले मंगलबार सूचना जारी गर्दै राष्ट्रपति भवन शीतलनिवास, प्रधानमन्त्रीनिवास, उपराष्ट्रपति भवन हरित गृह, बानेश्वरस्थित संसद् भवन र सिंहदरबार क्षेत्र ३० दिनका लागि निषेधित क्षेत्र तोकेका हुन्।

काठमाडौं प्रशासनले सोमबार नै माइतीघर, नयाँबानेश्वर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिसकेको छ।

युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको समूहले यही ७ गते शक्ति प्रदर्शन गर्न लागेपछि प्रशासनले उक्त निर्णय गरेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *