भूकम्पपीडितका लागि युनिलिभरको एक करोड सहयोग

युनिलिभर नेपाल लिमिटेडले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि एक करोड रुपैयाँ सहयोग गरेको छ।

भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनर्स्थापनाका लागि सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा युनिलिभर नेपालले सहयोग रकम जम्मा गरेको हो। कम्पनीका सञ्चालक सहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सहयोग रकम हस्तान्तरण गरेको जनाएको छ।

विगतका प्राकृतिक विपद्मा जस्तै यस पटक पनि पीडित परिवार र राष्ट्रसँग एक्यबद्धता जनाउँदै सहयोग प्रदान गरिएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *