ललितपुरले पनि तोक्यो निषेधित क्षेत्र, यी क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन नपाइने

जिल्ला प्रशासन कार्यालय ललितपुरले  विभिन्न स्थान तोकेर निषेधाज्ञा जारी गरेको छ । ललितपुर महानगरपालिका ३ पुल्चोकस्थित युएन हाउस र मन्त्री निवासकोको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर निषेधाज्ञा तोकिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जारी गरेको आदेशमा उल्लेख छ ।

आजैदेखि ६ महिनासम्मका लागि पाँचजना भन्दा बढी भेला हुन नपाइने, नारा जुलुस, प्रदर्शन र घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको आदेश जारी भएको छ ।

यस्तो छ विज्ञप्ति 
Scan_20231121aadesh-1700565237.jpg

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर