
जाजरकोटमा ६.४ म्याग्निच्युडको भूकम्पपछि गयो ६०६ परकम्प

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गत कात्तिक १७ गते ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएयता ६०६ पटक परकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६ बजेसम्म ६०६ पटक परकम्प गएको हो।
यसअघि सोमबार बिहान ११ बजेर ३७ मिनेट जाँदा बझाङ केन्द्रबिन्दु बनाएर ४ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको थियो।
गत कात्तिक १७ गते राति ११ बजेर ४७ मिनेटमा ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसयता निरन्तर परकम्प गइरहेको केन्द्रले जनाएको छ।
१७ गते गएको भूकम्पले जाजरकोटमा ६७ हजारभन्दा बढी जनसंख्या विस्थापित भएको छ।
पीडित बढ्दो चिसोमा त्रिपालमुनि रात कटाइरहेका छन्। उक्त भूकम्पले जाजरकोट र रूकुम पश्चिमका ५३१ वटा विद्यालयमा क्षति पुगेको छ। १५४ जनाले ज्यान गुमाएका छन्।
भूकम्प प्रभावित अन्य ११ जनाको चिसोले ज्यान लिएको छ।
प्रतिक्रिया