
पाकिस्तानको च्यारिटी बजारमा नेपाली स्टल


पाकिस्तानमा नेपाली हस्तकलाका सामग्री प्रदर्शनी गरिएको छ।
नेपाली राजदूतावासले सोमबार इस्लामावादको पाकिस्तान विदेश कार्यालय महिला संघ (पोफवा) को वार्षिक च्यारिटी बजारमा नेपाली हस्तकला, चिया, पर्यटन प्रवर्द्धनात्मक सामग्री र नेपाली मःमःको स्टलसहित सहभागिता जनाएको हो।
कार्यक्रममा पाकिस्तानकी प्रथम महिला पाकिस्तानका राष्ट्रपति डा. आरिफ अल्वीकी पत्नी समिना अल्वीले नेपाली स्टलको अवलोकन गरेर नेपाली प्रदर्शनीको बारेमा जानकारी र नेपाली खाना मःमःको स्वाद लिइन्।
पाकिस्तानका लागि नेपालका राजदूत तापस अधिकारी तथा अन्य कूटनीतिज्ञ, पाकिस्तान सरकारका अधिकारी, प्रवासी नेपालीले आफ्नो परिवारसहित स्टलमा पुगेर मःमःको प्रदर्शनी तथा स्वादको बारेमा जानकारी लिएका थिए।
- परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न माग
- पश्चिमा देशहरूले फरक-फरक किसिमको व्यवहार गर्दा विश्वको शान्ति खल्बलियो : विश्व नेताहरू
- सुन तस्करीमा पाँच वर्ष जेल बसेका लामा २५ करोडसहित फेरी समातिए
- मोरङमा आगलागी परी दुई बालबालिकाको मृत्यु, ८ घर नष्ट
प्रतिक्रिया