सडकआश्रितहरूको व्यवस्थापनका लागि संसदमा विधयेक पेस गर्छौं : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले सडकआश्रित मानवहरूको समुचित व्यवस्थापनका लागि विधेयक तयार गरी संघीय संसदको आउँदो अधिवेशनमा पेस गर्ने प्रतिबद्धता जनाएका छन् ।

सोमबार काठमाडौंमा आयोजित ‘मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा-२०८०’ समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले असहाय, अनाथ, अशक्त, जोखिममा परेका र सडकआश्रित मानवहरूको समुचित व्यवस्थापन गर्न विधेयक तयार गरी संसदमा पेस गर्ने प्रतिबद्धता जनाएका हुन् ।

उनले भने, ‘बेवारिसे, असहाय, अनाथ, अशक्त र जोखिममा परेका, मानसिक असन्तुलन भएका सडकआश्रित मानवहरूको समुचित व्यवस्थापन गर्न संघीय संसदको आउँदो अधिवेशनमा विधेयक तयार गरी पेस गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

उनले मानवसेवा आश्रमलाई सरकारी तथा सार्वजनिक जग्गा, भवनको प्रयोगका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको पनि बताए । प्रधानमन्त्रीले सातै प्रदेशमा आश्रमलाई अशक्ततहरूलाई ओसारप्रसार गर्ने गाडी उपलब्ध गराउने प्रतिबद्धता पनि जनाए ।

उनले भने, ‘मानवसेवा आश्रमलाई सरकारी तथा सार्वजनिक जग्गा, भवनको प्रयोग तथा संरचना निर्माण, उद्धार तथा उत्थानलगायत अत्यावश्यक सेवाहरूमा सहयोग गर्न सरकार प्रतिबद्ध छ । आजै हामीले तपाईंहरूले भनेजस्तो सातै प्रदेशमा अशक्तहरूलाई ओसारप्रसार गर्ने गाडी उपलब्ध गराउने निर्णय भएको जानकारी गराउन चाहन्छु ।’

संघ, प्रदेश र स्थानीय सरकारले सडक मानव व्यवस्थापन गर्न आ-आफ्नो तर्फबाट कार्यक्रम तथा बजेट विनियोजन गर्न आवश्यक पहल र समन्वय गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर