जनताका कामलाई प्राथमिकतामा राख्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन
३ मंसिर २०८० १२:५०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका कामलाई प्राथमिकता दिएर सेवा गर्न कर्मचारीलाई निर्देशन दिएका छन्। रूकुम पूर्व पुगेका प्रधानमन्त्री प्रचण्डले सो जिल्लाका कार्यालय प्रमुखहरूसँगको भेटमा जनताका कामलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।
कार्यालय प्रमुखहरूसँगको भेटमा प्रधानमन्त्रीले जनताका काममा कुनै ढिलाइ नगर्न तथा सुशासनलाई विशेष ध्यान दिन निर्देशन दिए। प्रधानमन्त्रीले सरकारले देशमा सुशासन, सामाजिक न्याय र समृद्धिका लागि अघि बढेको जनाउँदै त्यसमा साथ दिन आग्रह गरे। रूकुम पूर्वका विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज त्यहाँ पुगेका हुन्।
यस्तै प्रधानमन्त्री रूकुम पूर्वको विकट गाउँका रूपमा परिचित पुथा उत्तरगङ्गाको मैकोट पुगेका छन्। प्रधानमन्त्रीलाई मैकोटवासीले भव्य स्वागत गरेका छन्।
प्रतिक्रिया