भूकम्प प्रभावित क्षेत्रमा माओवादीले ३ हजार बढी स्वंयसेवक खटाउने

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले भूकम्प प्रभावित क्षेत्रमा तीन हजार एक सय स्वंयसेवक खटाउने भएको छ । कर्णाली प्रदेश विशेष रूपान्तरण अभियानको समीक्षात्मक बैठकले उक्त निर्णय गरेको हो ।

यसअघिको बैठकले २१ सयसम्म खटाउने निर्णय गरे पनि शनिबारको बैठकले त्यसलाई परिमार्जन गरेको छ।

प्रभावित क्षेत्रमा खटिनेहरूले अस्थायी आवास तथा पुनर्निर्माण कार्यमा सहयोग गर्नेछन् । प्रत्येक जिल्लाहरुबाट टोली प्रभावित क्षेत्रमा परिचालन गरिने छ ।

यद्यपि कसको नेतृत्वमा पठाउने भन्ने विषयमा अबको केही दिनमै टुङ्गो लाग्ने र तत्काल प्रभावित क्षेत्रमा भोलेन्टियरहरूलाई परिचालन गरिने निर्णय प्रदेश कमिटीले गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *