शान्तिसुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग प्रधानमन्त्रीले लिए ब्रिफिङ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको शान्तिसुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी लिएका छन्।

उनले शुक्रबार बिहान सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर शान्तिसुरक्षाको अवस्थाबारे ब्रिफिङ लिएका हुन्।

ब्रिफिङ सुनिसकेपछि उनले देशको सुरक्षा अवस्था सामान्य रहेको निष्कर्ष सुनाए।

शुक्रबार बिहान तनहुँको आँबुखैरेनीमा आयोजित कार्यकर्ता भेटघाटमा प्रधानमन्त्री दाहालले यसबारे जानकारी गराएका हुन्।

कार्यक्रममा उनले भने, ‘बिहान मात्रै मैले सुरक्षा निकायका प्रमुखहरूसँग कुरा गरेको थिएँ, देशको सुरक्षा अवस्था सामान्य छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर