दाङमा अटो दुर्घटनामा परी घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु

दाङको बङ्गलाचुलीमा बुधबार दिउँसो अटो दुर्घटनामा सख्त घाइते भएकी एक महिलाको आज उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा बङ्गलाचुली गाउँपालिका-५ की ६५ वर्षीया भेगी बुढा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामबहादुर केसीले जानकारी दिए ।

कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारका क्रमामा आज बिहान मृत्यु भएकी उनी चढेको रा १ ह ५८०५ नम्बरको अटो ब्रेक फेल भई बुधबार दिउँसो १:४० बजे बङ्गलाचुली-५ स्थित गुरासेनी डाँडाबाट झन्डै पाँच सय मिटर तल खसेको थियो ।

घाइते बुढालाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएकामा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि कोहलपुर पठाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *