भक्तपुरमा पोखरीमा डुबेर वृद्धको मृत्यु

भक्तपुरमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ।

भक्तपुर नगरपालिका-१ मा रहेको दूधपाटी नपुखु पोखरीमा डुबेर भक्तपुर-४, नासमाना घर भएका ५३ वर्षीय सुमन राजभण्डारीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

पोखरीमा मानिस डुबेको खबर पाएपछि पुगेको प्रहरीले भण्डारीलाई पोखरीबाट निकालेर उपचारको लागि भक्तपुर अस्पताल लगेको थियो। उपचारकै क्रममा गएराति उनको मृत्यु भएको हो।

घटनाका सम्बन्धमा जिल्ला प्रहरी परिसर भक्तपुरले अनुसन्धान अघि बढाएको डीएसपी वसन्त पाठकले जानकारी दिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *