भूकम्पपीडितलाई प्रहरी श्रीमती संघको पाँच लाख ५५ हजार सहयोग

नेपाल प्रहरी श्रीमती सङ्घले भूकम्पपीडितका लागि पाँच लाख ५५ हजार पाँच सय ५५ रूपैयाँ सहयोग गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सङ्घकी अध्यक्ष लक्ष्मी कुँवरले सङ्घका तर्फबाट चेक हस्तान्तरण गरेकी हुन् । चेक हस्तान्तरणका अवसरमा सङ्घका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

अध्यक्ष कुँवरले पीडितलाई थोरै भए पनि सहयोग पुगोस् भनेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई उक्त राहत हस्तान्तरण गरिएको बताइन् । जाजरकोट, रूकुम पश्चिमलगायत जिल्लाका भूकम्प प्रभावितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषका लागि उक्त रकमको सहयोग गरिएको सङ्घले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *